बुवाको श्राद्ध गर्न पोखरा हिडेका थिए डम्मर
पाेखरा | असोज १७, २०८०
पोखरा: असोज ९ गतेदेखि सोह्र श्राद्ध सुरुभएपछि पोखरामा बुवाको श्राद्ध गर्ने निर्णय भयो ।
यो निर्णय डम्मरबहादुर थापाको एक्लै थिएन । उनले विदेशमा रहेका दाई र भाईसँग सल्लाह गरेर घरबाट निस्किएका थिए ।
बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदीका ५० वर्षीय डम्मरबहादुर थापा गत १३ गते बागलुङबाट पोखरा हिडेका थिए तर डम्मरबहादुर बिच बाटैमा अस्ताए ।
पितृकार्यका लागि पोखरा निस्केका डम्मरबहादुर अब कहिल्यै आफ्नो स्वर्गीय बुवालाई सम्झन पाउनेछैनन् । उनी बेपत्ता भएपछि अहिले थापा परिवार शोकमा डुबेको छ ।
१५ वर्षे शिक्षण पेशाबाट अवकाश लिएका थापा गाउँमै अलैची खेतीमा गर्दै आएका थिए । उनी गाउँमै बस्दै आएपनि उनको दाजु भने पोखराको औद्योगिक बस्दै आएका छन् ।
‘डम्मर गाउँमै अलैची खेती गरेपनि उनको दाजुको औद्योगिक क्षेत्रमा दाजुको घर छ, उनका एक आफन्तले सुनगाभा सहकर्मीसँग भने, ‘यसपटक उनको बुवा नरबहादुर थापाको श्राद्ध गर्न पूर्व योजना अनुसार नै उनी बागलुङको हिल घुस्मेलीबाट बागलुङ बजारसम्मका लागि गाडी चढेका थिए । तर बाटैमा अस्ताए ।’
बागलुङकै काफलठुट्टामा आएर विदेशमा रहेका दाजुलाई सम्पर्क गरेका थापाले साँझपख बागलुङ बजार आएर पुनः दाजुलाई फोनमा भनेका थिए, ‘दाई म पोखरा हिड्न बागलुङ बजारबाट गाडी चढे’, उनको भनाईलाई उद्धत गर्दै ती आफन्तले भने ।
त्यसपछि (असोज १३ गते शनिबार ) राति एकाएक तमादीखोलामा आएको बाढीले जीप बगाएको खबर आगोसरी फैलिदै गयो ।
गाडीसहित तीन जना बाढीमा बेपत्ता भएको खबर आएपनि को को बेपत्ता भए भन्ने पुष्टि भएको थिएन । तर उनको दाजुले आशंका गर्दै डम्मरका आफन्त र विदेशमा रहेका दाजु र भाईले डम्मरलाई फोन गरिरहे तर फोन लागेन ।
अन्तत: शनिबार बागलुङबाट गाडी चढेका थापासहित कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका विजय पौडेल र रुपन्देही घर भएका गोपाल बस्याल बाढीमा परेको सुरक्षाकर्मीको टोलीले पुष्टि गर्याे ।
अहिलेसम्म तिनै डम्मरको अवस्था अज्ञात छ ।
गोपाल बस्यालको शवसोही दिन प्रहरीले भेट्टाएको थियो भने पौडेलको शव हिजो मात्र स्याङ्जाको मिर्मिस्थित कालाीगण्डकी ए जलविद्युतको ड्यामममा फेला परेको थियो ।
असोज १३ गते बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए ।
पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा गाडीमा ओट लागेपछि त्यसलाई निकाल्न सवारी चालक निस्किएको समयमा एक्कासी आएको बाढीले गाडी बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले सो घटनाको बारेमा अनुसन्धान गर्न सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
मास्टर थिए डम्मरबहादुर
बागलुङको ताराखोला गाउँपालिका ३ हिल इदी घर भएका डम्मरबहादुर थापा, स्वर्गीय नरबहादुर थापाका माहिला छोरा हुन् ।
१५ वर्षसम्म हिल इदीस्थित हरी माध्यमिक विद्यालयमा नै अध्यापन गराएका थापा ०७४ को स्थानीय निर्वाचनमा बागलुङको ताराखोला गाउँपालिका ३ मा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षका उम्मेदवारसमेत थिए । तर उनले जित हाँसिल गर्न भने सकेनन् ।
विद्यालयमा उनीसँगै अध्यापन गराएका शिक्षक गणेश कार्कीका अनुसार थापा शिक्षण पेशाबाट अवकाश लिएपछि सामाजिक क्षेत्रमासमेत आवद्ध थिए ।
‘शिक्षक पेशासँगै उहाँ सामाजिक काममासमेत जोडिनुभएका व्यक्तित्व हुनुहुन्थ्यो । शिक्षक पेशाबाट विदा लिए लगत्तै संयोगवश ०७४ मा स्थानीय निर्वाचन भयो । त्यसमा प्रत्यासी समेत हुनुभएको थियो, कार्कीले भने, ‘निर्वाचनमा थोरै मतान्तरले पराजित भएपनि गाउँको विकासका लागि उहाँको योगदान सम्झन लायक छ । आज त्यस्तो राम्रो मान्छे हामीमाझ रहनुभएन । उहाँ अविस्मरणीय रहनुनहुनेछ ।’
उनका अनुसार अहिले थापाले गाउँमै अलैची खेती गर्दै आएका थिए ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

